दफा ३८९
घरधनीको दायित्व
घर बहालमा दिने घरधनीको दायित्व देहाय बमोजिम हुनेछ :–
(क) बहालमा बस्ने व्यक्तिलाई सम्झौता बमोजिम घर उपयोग गर्न दिनु पर्ने,
(ख) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरमा उपलब्ध भएसम्म पानी तथाविजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नु पर्ने,
(ग) बहालमा बस्ने व्यक्तिलाई त्यस्तो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वाअशान्ति हुनबाट रोक्ने,
(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालना गर्ने ।